भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
लेदो सहितको पहिरो आएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडा र पाँचकिलोमा लेदो सहितको पहिरो आएपछि मध्यरात देखि नै सडक अवरुद्ध भएको हाे।
पहिरोमा ग २ च ४०२९ नं. को एउटा स्कोरपियो गाडी फसेको छ। बिहानैदेखि पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ।
बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ।