भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
हिजाे देखि परेकाे अविरल वर्षाका कारण पूर्वी चितवनको विभिन्न स्थान डुबानमा परेकाे छ। डुबानका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायतका बस्तीमा पम्फा खाेलामा आएकाे बाढी पस्दा ती परिवार विस्थापित भएका हुन् ।
बाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिएका छन् । त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको छ। भने बूढी राप्तीमा आएको बाढीले डुबानमा परेका रत्ननगर नगरपालिका–८ रमाइलोडाँडाका २० परिवारका १०० जनालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।
ईलाका प्रहरी कार्यालय भण्डाराको टोली र सशस्त्र प्रहरी बल गढिमाई गण भण्डाराको टोली उद्धारका लागी सो क्षेत्रमा बोटको ब्यबस्था गरी तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ ।