Breaking News :

चितवनका पत्रकार महिलालाई मितेरीको जैविक प्याड र मास्क

चितवन । मितेरी जैविक प्याड उत्पादन केन्द्रले चितवनमा क्रियाशिल पत्रकार महिलाहरुका लागि जैविक सेनिटरी प्याड र तीनपत्रे कपडाको जैविक मास्क सहयोग गरेको छ ।
केन्द्रले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ६० प्याकेट जैविक सेनिटरी प्याड र ६० पीस तीनपत्रे कपडाको जैविक मास्क सहयोग गरेको हो । पत्रकार महिलाको हकहितको लागि सक्रिय संस्था क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) का जिल्ला संस्थापक प्रतिमा सिलवाललाई संस्थाका अध्यक्ष सावित्री भण्डारीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

चितवनमा क्रियाशिल पत्रकार महिलाहरुका लागि डब्लुडब्लुजेले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर सेनिटरी प्याड वितरण गरिरहेको छ । उक्त अभियानमा आफूहरुले पनि सहभागिता जनाउन पाउँदा खुसी लागेको अध्यक्ष भण्डारीले बताउनुभयो । केन्द्रले जैविक सेनिटरी प्याड, ह्याण्ड स्यानिटाइजर तथा तीनपत्रे जैविक मास्क उत्पादन गर्दै आएको छ ।

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) चितवनका अध्यक्ष प्रमिता ढकालले उक्त सेनिटरी प्याड तथा मास्क माडी तथा पूर्वी चितवनका पत्रकार महिलाहरुलाई वितरण गरिएको जानकारी दिनुभयो ।
‘हामीले दुईदिनयता जिल्लामा क्रियाशिल पत्रकार साथीहरुलाई स्यानिटरी प्याड वितरण गरिरहेका छौं, अध्यक्ष ढकालले भन्नुभयो, ‘मितेरी जैविक प्याड उत्पादन केन्द्रले हामीलाई उपलब्ध गराएको सामग्री यसअघि नपाउनुभएका साथीहरुलाई वितरण गर्नेछौं ।’

अध्यक्ष ढकालले पत्रकार महिलाको अभियानमा सहयोग गर्नुभएकोमा केन्द्रका सम्पूर्ण टीमलाई धन्यवाद पनि दिनुभयो । नेपाल पत्रकार महासंघ चितवनमा ६५ जना पत्रकार महिला आवद्ध रहेका छन् । संस्थाका सबै सदस्यहरुलाई सेनिटरी प्याड उपलब्ध गराउने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।यस अघि संस्थाका सल्लाहकार अनिता खनाल र जनसम्पर्क समिति बेल्जियमकी सभापतिकाे सहयाेगमा पत्रकार महिला र सुरक्षाकर्मी महिलालाई सेनेटरी प्याड वितरण गरिरहेकाे मा मितेरी जैविक प्याड उत्पादक समुहले पनि हात अघि बढाएकाे हाे ।

merokhabarsathi

Read Previous

गैह्र आवासीय नेपाली संघकाे अमेरिकाकाे काेषाध्यक्षमा राजिव श्रेष्ठ बिजयी

Read Next

चितवनमा सिप्रदि म्याक लुब्रिकेन्ट्सद्वारा अटो मेकानिकहरुलाई राहत वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram