भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
गैह्र आवासीय नेपाली संघकाे अमेरिकामा भएको निर्वाचन बाट राजिव श्रेष्ठ काेषाध्यक्षमा निर्वाचित भएका छन्। विदेशमा रहेर पनि नेपाल र नेपालीहरुको हक हित र समुन्नत भविष्यकाे लागि भावि याेजना सहित चुनावि मैदानमा उत्रिएका श्रेष्ठले अरु प्रतिस्पर्धिहरुलाई उछिनेर अत्याधिक मत सहित विजयी भएका हुन्।
नेपालकाे काठमाडौ झम्सिखेल घर भै हाल अमेरिका बस्दै आएका श्रेष्ठले आफू जहाँ भएपनि नेपाल र नेपालीहरुकाे मायामा कमि नआएकाे बताउदै प्रवासमा रहनेहरुलाइ अझ बढि नेपाल आमाको माया हुने गरेकाे बताउनुभयो। आफ्नो जन्म भुमी बाट टाढा रहेर पनि नेपाल र नेपालिको लागि आफुले गर्न पर्ने सहयाेग सधैं गर्ने बताउदै उनले अमेरिका पढ्न अथवा काम गर्न जाने हरेक नेपालीकाे साथमा रहने बताउनुभएको छ। साथै उनलेे आफुलाई मतदान गरि बिजय गराउने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभएकाे छ।
श्रेष्ठ पहिले देखि नै सामाजिक कार्यमा रुचि राख्ने र सबैलाई सहयाेग गर्ने स्वभावकाे भएका हुनाले उनकाे कार्यकालमा नेपाल र गैह्र आवासीय नेपालीहरुलाई थप सहज हुने विश्वास लिइएको छ।