Breaking News :

स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाको फाराम भर्ने कार्यमा विद्यार्थीको सहयोगी बन्दै अनेरास्ववियू

नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले सप्तगण्डकी बहुमुखी क्याम्पसमा अनलाइन जाँच फारम भर्न सहजीकरण गर्ने भएको छ । अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सप्तगण्डकी बहुमुखी क्याम्पस समितिले सहजीकरणको लागी नबिन सुवेदीको संयोजकमा बिपिन रिजाल र योगेश न्यौपाने सहितको तीन सदस्य अनलाइन जाँच फारम भर्ने सहयोग समिति निमार्ण गरेको छ ।

त्रिवी परीक्षा नियन्त्रण कार्यलय मार्फत संचालन हुने २०७७ को स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्ने कार्य कोभिड १९ का कारण अनलाइन मार्पmत जेष्ठ मसान्त सम्म भर्नको लागी सूचना प्रकाशन गरेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष समिर सुवेदीले समितिका सदस्यहरुलाई फोन संगै म्यासेन्जर, भाईबर लगायतका संमाजिक संजाल बाट समेत सम्पर्क गरी फारम भर्ने सहयोग लिन सकिने बताए । उनले भने– क्याम्पस प्रशासन मार्फत पनि सहयोग र समन्वयको काम भएको छ । महामारीको समयमा संगठन पनि जिम्मेवारी बन्नुपर्ने भएकाले प्रशासनको काममा हातेमालो गरेको उनले बताए । यो कार्य पहिलो अभ्यास हो, विद्यार्थीलाई असजिलो पर्न जाने सम्भावनालाई हेर्दै यो कार्य सुरु गरेको सुवेदीले बताए । विद्यार्थीलाई आफ्ना फर्म भर्ने समयमा समस्या परेमा ९८४५६२३३३९, ९८६११९३८४३ र ९८६३७९६४९७ राखि समाधान गर्न सुवेदीको अनुरोध छ।

merokhabarsathi

Read Previous

कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन, रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ

Read Next

प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाखलाई रोजगारी सिर्जना गर्ने, १२ अर्ब बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram