Breaking News :

कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन, रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ

सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

 

रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन

सरकारले अनुदानको रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले रकम वृद्धि भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

 

 

merokhabarsathi

Read Previous

माडीको अयोध्यामा राम मन्दिर बनाउन बजेट विनियोजन

Read Next

स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाको फाराम भर्ने कार्यमा विद्यार्थीको सहयोगी बन्दै अनेरास्ववियू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram