Breaking News :

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विस्थापन गर्ने सरकारको नीति

सान्केतिक तस्बिर

सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्थापन गर्ने नीति लिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताएका हुन। त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिएकाछन ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

 

merokhabarsathi

Read Previous

मासिक २० युनिटसम्म विधुत खपत गर्नेलाई शत प्रतिशत छुट दिने

Read Next

माडीको अयोध्यामा राम मन्दिर बनाउन बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram