Breaking News :

निषेधाज्ञामा हुलहुज्जत र ताेडफाेड गरेकाे भन्दै भरतपुर-१६का २ जना पक्राउ

चितवनमा निषेधाज्ञाकाे समयमा हुलहुज्जत र ताेडफाेड गरेकाे आरोपमा दुई जना पक्राउ परेकाे छ। भरतपुर-१६ स्थित नारायणी नदि दाेहन भइरहेको ज्ञानेश्वर क्षेत्रमा निर्माण सामाग्री ढुवानी गरिरहेका टिप्परहरु अवरोध गरी क्षति पुर्‍याउन खाेजेकाे भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको हो।                                                                                                                                  पक्राउ पर्नेमा भरतपुर १६ का ३१ बर्षिय विनोद गुरुङ र भरतपुर १६ का २८ बर्षिय शसी कुंवर रहेका छन् । उनिहरुले हातमा ढुंगामुडा बोकी दमकललाई समेत अवरोध गरको र १५ वटा टिप्पर ताेडफाेड गरेकाे प्रहरीको आरोप छ ।

उनिहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार नारायणी नदीबाट जथाभावी उत्खनन् भएको र कोरोनाको माहामारीमा अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । सो क्रममा उनिहरुले टायर बालेर प्रर्दशन समेत गरेका थिए ।

merokhabarsathi

Read Previous

सपना भिलेजद्धारा पूर्वी चितवन पत्रकार संघलाई स्वास्थ्य सामाग्री

Read Next

कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram