Breaking News :

भरतपुर महानगरले बढि राजश्व अशुल्ने नाउँमा नारायणी नदी दोहन गरेको भन्दै स्थानीय द्वारा विरोध, १५ वटा टिप्पर ताेडफाेड

भरतपुर महानगरपालिकाले बढि राजश्व अशुल्ने नाउँमा नारायणी नदीको दोहन गरेको भन्दै वडानम्वर-१६ का स्थानीय विरोधमा उत्रिएका छन् । राजश्व उठाउने तर विकास निर्माणको काम पनि नगरिदिने र कोभिड १९ नियन्त्रणमा पनि चासो नदिएको भन्दै स्थानीयले टायर वालेर विरोध गरेका छन् भने नदीजन्य पदार्थ ओसारीरहेका टिपरका १५ वटा टिप्पर ताेडफाेड गरेका छन्।

कोरोनाको महामारीमा सबैजना घरमा बसिरहेको बेला खोला उत्खनन् गरेर दैनिक ४/५ सय मान्छेकाे ओहाेर दाेहाेर हुने गरि भिडभाड गरेर महानगरले नै काेराेना फैलाउने काम गरेको स्थानीयकाे आराेप छ। पटकपटक खाेला उत्खनन् गरेर बेच्ने तर स्थानीय विकास निर्माणमा भने महानगरले चासाे नदिने गरेकाेले आज विराेकाे अवस्था सिर्जना भएकाे स्थानीयवासि अर्जुन गुरुङले बताएका छन्। उनले पटकपटक खाेला दाेहन बन्द गर्न र स्थानीय विकास निर्माण का लाग्न आग्रह गर्दा पनि सुनावाइ नभएपछि आज तोडफोडको अवस्था सिर्जना भएको बताए।

ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले स्थानीयले पटकपटक राेक्न माग गर्दा नि नराेकिएकाेले स्थानीयले आफ्नो आक्रोश पोखेको बताए। वनले रोक्ने प्रयास गर्दागर्दै पनि उत्खनन् नरोकिएको र टिप्पर आतंक स्थानीयले सहन नसकेको ले यो अवस्था सिर्जना भएको बताउदै आगमी वर्षहरुमा अब आइइइ नै नगर्ने र खोला पनि नखोल्ने बताएका छन्।

वैशाख १ गतेबाट नदि उत्खनन् कार्य सुरु गरिएको थियाे नदि उत्खनन् सुरु गरेदेखि नै विवाद हुँदै आएकोले महानगरलाई पटकपटक खबर गरेर काम गर्न नसक्ने कुरा जनाउदा पनि महानगरले वेवास्था गरेकाे भीष्म एन्ड ब्रदर्श कन्सर्टक्सनका सह प्रवन्ध निर्देशक विकल क्षेत्रीले बताए। पटकपटक काम गर्न सक्दैनौ भनेर महानगरमा निवेदन दिदा समेत सुनावाइ नभएकाले याे परिस्थिति सिर्जना भएकाे र करोडौं लगानी रहेकाे, महानगरलाई ट्याक्स तिरेकाेले लगानी उठाउनकै लागि भएपनि काम गर्नपर्ने बाध्यता रहेकाे उनले बताए।

विरोध प्रदर्शन पछि तत्काललाई नदीजन्य पदार्थ ओसार्न रोक लगाएको भरतपुर-१६का वडाअध्यक्ष अमृत राज हमालले बताए।, सिसा फुटाएकाहरुलाई क्षतीपूर्ति भराउने, लगायतको सहमतिपछि आन्दोलित भीडलाई मथ्थर बनाएको र वाँकी कार्य महानगरपालिकासँग बसेर टुग्याउने सहमतिमा अवस्था समान्री भएको छ तर अनुगमन लगायतको जिम्मा वडालाई दिएर काम गराउन पटक पटक आग्रह गर्दापनि महानगरले नसुनेकोले यस्तो परिस्थिति आएको वडाअध्यक्षकाे भनाइ छ।

 

merokhabarsathi

Read Previous

सेभ द माइन्ड नेपाल द्वारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Read Next

विपन्न परिवारलाई खाद्यान्न वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram