Breaking News :

नेपाल रेडक्रस उपशाखा बछाैली द्वारा हुयल चिएर वितरण

चितवन । चितवनकाे रत्ननगर नगरपालिका वडा नम्बर ६ बछाैलिमा रहेकाे नेपाल रेडक्रस उपशाखा बछाैलीले आफ्नाे क्षेत्र भित्रका अपाङ्ग अशक्तकाे लागि हुयल चियर वितरण गरेकाे छ ।
उपशाखा बछाैलीले आईतवार जनप्रतिनिधि र सुरक्षा निकायकाे उपस्थितिमा हुयल चियर वितरण गरेकाे उपशाखाका काेषाध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए ।

ईन्टरनेशनल हेन्डी क्याफ काे सहयाेगमा उपशाखामा प्राप्त भएका ८ वटा हुयल चियर रत्ननगर नगरपालिका भित्र बसाेबास गर्दै आएका अपाङ्गलाई वितरण गरिएकाे समाजसेवी एव उपशाखाका निवर्तमान सभापति राममणि खनालले जानकारी दिनु भएकाे थियाे ।

कार्यक्रममा वडाध्यक्ष वलराम दाहाल , वडा सदस्य दाेय किरण महताे, कशरिमाया शुनुवार लगायत, वछाैली चाैकिका ईन्चार्ज , गाैव माविका प्रअ रिषि खनाल ,लगायतकाे उपस्थिति रहेकाे थियाे । भने कार्यक्रमकाे वारेमा सभापति सुवास विडारीले प्रकाश पार्नु भएकाे थियाे ।

merokhabarsathi

Read Previous

विपन्न परिवारकाे घरमा खाद्य सामग्री पुर्याउदै सेभ द माइन्ड

Read Next

सेभ द माइन्ड नेपाल द्वारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram