Breaking News :

विपन्न परिवारकाे घरमा खाद्य सामग्री पुर्याउदै सेभ द माइन्ड

चितवनको भरतपुर महानगर भित्र बसाेबास गर्दै आएकाे विपन्न परिवारलाई सेभ द माइन्डले आर्थिक सहयाेग गरेको छ। विपन्न ७ परिवारलाई सस्थांले खाद्यान्न लगायतको सामग्री सहयाेग गरेकाे हाे।

आर्थिक रूपमा कमजोर भएको र केही दिन देखि भोकै रहेको बताउदै सस्थांकाे अध्यक्ष पुजा भुषाललाई फाेन आएपछि सस्थांले सहयाेग स्वरुप १ महिनालाई पुग्ने खाद्यान्न, साबुन,सरफ र औषधि लगायतका सामग्री सहयोग गरेको सस्थांको अध्यक्ष पुजा भुषालले बताइन। उनले याे समयमा धेरैकाे घरमा चुलाे बल्न समेत मुस्किल रहेकाे अवस्था सिर्जना हुदाँ पनि स्थानीय सरकार माैन रहेकाे भन्दै विपन्न तथा असाय वर्गहरुलाई आफू र आफ्नो सस्थांले सहयाेग गर्ने प्रतीबद्दता जनाएकी छन्।

अमेरिकालाई कर्म भुमी बनाउदै आएका एरो स्पेस इन्जिनियर राजिव प्रसाद श्रेष्ठ र मकाउ बस्दै आएका सुदर्सन थापाले सस्थांलाई सहयाेग स्वरुप पठाएको १७ हजार रुपैयाँले सस्थांले खाद्यान्न सहयाेग गरेकाे सस्थांकाे हेल्प डेस्क सयाेंजक रिता पठाकले बताइन्। उनले सेभ द माइन्डले हेल्प डेस्क राखेर निषेधाज्ञा भए देखि नै विपन्न वर्गलाई सहयाेग गर्दै आएकाे बताएकी छन्।भने खाद्य सामग्री पाउनेपनी खुसी देखिन्छन्।

merokhabarsathi

Read Previous

विपन्न वर्गकाे सारथि बन्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा

Read Next

नेपाल रेडक्रस उपशाखा बछाैली द्वारा हुयल चिएर वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram