भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
एक दिनमा लगभग २ सय ग्राम यार्सा संकलन गर्न सकिने बनमा आजकाल २/४ पिस मात्र यार्सागुम्बु पाउन पनि गाह्रो छ । बिगत १० वर्ष अगाडी मानिसले मनले चाहेजति यार्सा संकलन खरिद बिक्रि गर्न सक्ने अवस्था थियाे जसले सबैमा आर्थिक रुपमा बलियो बन्ने आधार थियाे। हरेक बर्षको चैत्र अन्तिम साता देखि भदौको दोस्रो साता सम्म यार्सा संकलनका लागि ज्यान जोखिममा राखि ठुला ठुला हिमाल चढेर बझाङ्गको साईपाल गाउपालिका ,शुर्मा गाउपालिका छबिसपाथीभेरा गाउपालिका , बुंगल नगरपालिकाका बिभिन्न हिमाली भेगमा गएर यार्सा संकलन गर्न स्थानीय जिल्ला वासी जिल्ला बाहिरका तमाम संकलकहरु आउने गर्थे पछिल्लो दुई तिन वर्ष यता जलवायु परिर्वतन र वातावरणीय प्रदुषणले यार्सागुम्बु जस्तो बहुमुल्य जडिबुटीको उत्पादनमा निकै कमी आउन थाले पछि कठोर मेहनत वाट प्राप्त हुने प्रतिफलमा बिश्वास गर्न छोडेका यार्सा टिप्न आउनेहरु बताउछन् ।
छ महिना वनस्पती र छ महिना जिवको रुपमा उच्च हिमाली भेगमा पाइने यार्सा समय अनुकुल हावा पानीको प्रबन्ध नमिले पछि उत्पादनमा कमी हुदै गएको छ । भने त्यसैमा थप प्रत्येक वर्ष यार्सा संकलनका लागि जाने मानिसले सामान बोकेर लगेका प्लास्टिक थैली सिसा र प्लास्टिकका बोतल पुराना लुगा कपडा जुत्ता चप्पल लगाएतका फोहरले यार्सा उत्पादन क्षेत्र निकै दुषित बन्दै गएकाले पनि यार्सा उत्पादनमा कमी हुन थालेको जानकारहरु बताउन्छन । उसो त पछिल्लो समयमा यार्सा संकलकहरुले आआफुले लगेका सामान वाट निस्कने फोहोरलाई त्यही बिभिन्न तरिका वाट बिर्सजन गर्ने गरेका भए पनि सिसाका बोतलको व्यवस्थापन हुन नसक्दा यार्सा उत्पादनको अर्को बाधक सिसा बन्न पुगेको छ । स्थानीय निर्वाचन पछि साईपाल गाउपालिकाले राईढुङ्गी,औलागाड,माझा,कालापानी साईपाल लगाएतका यार्सा संकलन क्षेत्रमा संकलकहरु वाटै निस्कने फोहरमहिला व्यवस्थापनका लागि विभिन्न प्रकृया अपनाए पनि त्यो प्रकृया प्रभावकारी हुन सकेको छैन माटोमुनी गाडदा कुहिनी खालका चिजलाई माटो मुनी गाडने र प्लास्टिक लाई जलाएर नस्ट गर्ने गरेको पाईए पनि सिसा टिनका बोतल जलाउदा नजल्ने फोहरले यार्सा संकलन क्षेत्रमा यार्सा उत्पादनमा कमी मात्र होइन बर्खायममा हिमाल वाटै बगेर समथर भुभागका कृषि प्रयोजन भुमीमा मिसिने खतरा बढेको छ ।