Breaking News :

पुरानो मेडिकल कलेजले गर्‍यो ग्यास उद्योगको क्षमता बृद्धि, चितवनमा दैनिक १६० सिलिण्डर अक्सिजन थपियो

चितवन,जेठ ६-

चितवनमा दैनिक १६० सिलिण्डर अक्सिजन ग्यास थपिएको छ । कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को व्यवस्थापनमा सञ्चालित सिद्धिबिनायक अक्सिन ग्यास उद्योगको क्षमता बृद्धि गरिएको हो । गैंडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता बृद्धि गरिए पछि दैनिक १६० सिलिण्डर अक्सिन थप हुने अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताउनुभयो । यस अघि उक्त उद्योगबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिण्डर उत्पादन हुने छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता बृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताउनुभयो । यसले जिल्लामा कोभिड संक्रमितको उपचारमा थप सहजता हुने उहाँको भनाई छ ।

merokhabarsathi

Read Previous

चितवनमा सङ्क्रमितको अन्त्येष्टि गर्दा अबदेखि चर्को शुल्क तिर्न नपर्ने,आजदेखि निःशुल्क हुने

Read Next

जलवायु परिवर्तन र यार्सा टिप्न जानेले फाेहर गर्दा यार्सा उत्पादनमा कमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram