Breaking News :

कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

चितवन, ५ जेठ ।

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ। वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई रेमडिसिभिर औषधि उत्पादनका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो।

हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागले जनाएको छ । औषधिको बजार बिक्रिका लागि भने अनुमति दिईएको छैन । औषधि उत्पादनको प्रक्रियामै छ।

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ। नेसनल हेल्थकेयरका अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।

मे महिनाको अन्तिसम्ममा चीनबाट कच्च पदार्थ आउने जानकारी दिंदै उहाँले त्यसपछि मापदण्ड अनुसार औषधि उत्पादन शुरु हुने बताउनुभयो । कच्चा पदार्थ आएको १५ दिनभित्र औषधि बजारमा लैजाने हिसाबले कम्पनीले काम अगाडि बढाएको उहाँको भनाई छ ।

merokhabarsathi

Read Previous

खानेकुरा केहिपनि छैन भन्दै सेभ द माइन्डलाई फोनआएपछी कोठा मै खाद्यान्न बोकेर पुग्यो सस्थां

Read Next

चितवनका थप तीन अस्पतालमा अब पाइनेछ कोरोनाको निःशुल्क उपचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram