Breaking News :

खानेकुरा केहिपनि छैन भन्दै सेभ द माइन्डलाई फोनआएपछी कोठा मै खाद्यान्न बोकेर पुग्यो सस्थां

लामाे समयकाे निषेधाज्ञाले गर्दा खाद्य सामग्री सकिएकाे विपन्न २ जना एकल महिलालाई सेभ द माइन्डले सहयोग गरेकाे छ। नवलपुरकाे कमला पाण्डे र चितवनकाे सुनकला सापकोटालाई सस्थांले खाद्यान्न लगायतको सामग्री सहयाेग गरेकाे हाे।

आर्थिक रूपमा कमजोर भएको र केही दिन देखि भोकै रहेको बताउदै सस्थांकाे अध्यक्ष पुजा भुषाललाई फाेन आएपछि सस्थांले सहयाेग स्वरुप २ महिनालाई पुग्ने खाद्यान्न, सावुनसरफ, ग्यास लगायतका सामग्री सहयोग गरेको सस्थाको अध्यक्ष पुजा भुषालले बताइन। उनले याे समयमा धेरैकाे घरमा चुलाे बल्न समेत मुस्किल रहेकाे अवस्था सिर्जना भएकाे छ भन्दै विपन्न तथा असाय वर्गहरुलाई आफू र आफ्नो सस्थांले सहयाेग गर्ने प्रतीबद्दता जनाएकी छन्।

अमेरिकालाई कर्म भुमी बनाउदै आएका एरो स्पेस इन्जिनियर राजिव प्रसाद श्रेष्ठले सस्थांलाई सहयाेग स्वरुप पठाएको ७ हजार ६ सय रुपैयाँले सस्थांले खाद्यान्न सहयाेग गरेकाे सस्थांकाे हेल्प डेस्क सयाेंजक रिता पठाकले बताइन्। उनले महामारीको समयमा सेभ द माइन्डले हेल्प डेस्क राखेर विपन्न र असाय वर्गलाई सहयोग गर्दै आएको समेत बताएकि छन्

merokhabarsathi

Read Previous

प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले नारायणी अस्पताललाइ दिइन् २ लाखकाे स्वास्थ्य सामग्री

Read Next

कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram