Breaking News :

प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले नारायणी अस्पताललाइ दिइन् २ लाखकाे स्वास्थ्य सामग्री

पर्सा- प्रदेश नम्बर २ प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले वीरगञ्जस्थित नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छन् । डा. यादवले आफ्नो ४ महिनाको तलव तथा सेवासुविधाबापतको २ लाख रुपैयाँबाट अस्पताललाई आज बुधवार सामाग्री उपलब्ध गराएकी हुन् ।                                                                                                                                  डा. यादवले नारायणी अस्पताललाई एकथान सीप्याप मेसिनी (सेमी भेन्टीलेटर), अक्सिजन नेल पाइप, अक्सिजन रेगुलेटर र गर्भवती महिलाका लागि फेटल ड्रपलर अस्पताललाई एक हप्ता भित्रमा आफ्नो ४ महिनाको तलवको रकमबाट उपलब्ध गराएकी छन् । जनता समाजवादी पार्टीकी प्रभावशाली नेतृ समेत रहेकी डा. यादवले नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेनडेन्ट (मेसु) डा. एनामुल हक, कोभड संयोजक डा. सरोजरोशन दास र नारायणी अस्पतालकी नर्स संयोजक हेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।                                                                                                                               स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै डा. यादवले कोरोना भाइरसको महामारीमा सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको प्रदेशसभा सदस्य डा. यादवले बताउनु भयो । डा. यादवले उपलब्ध गराएकी मानिने सेमी भेन्टीलेटर मेसिन ताथ अन्य सामाग्री बढ्दो कोरोनाभाइरस महामारीको समयमा सक्रमितहरुको उपचारमा अति उपयोगी रहेको अस्पतालका मेसु डा. एनामुल हकले जानकारी दिनु भयो । कोभिडले पर्सा जिल्लाको अवस्था आक्रान्त भएको बेला आफ्नो सेवा सुविधाबाट अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्ने उनी पहिलो प्रदेशसभा सदस्य बनेकी छन् । गत बर्ष कोरोका महामारीको बेला प्रदेशसभा सदस्य डा. यादवले तलब र निजिबाट स्वास्थ्य सामगी तथा राहतसमेत वितरण गरेकी थिन् ।

merokhabarsathi

Read Previous

चितवनमा २ वटा कवर्डहल निर्माण हुदै

Read Next

खानेकुरा केहिपनि छैन भन्दै सेभ द माइन्डलाई फोनआएपछी कोठा मै खाद्यान्न बोकेर पुग्यो सस्थां

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram