Breaking News :

चितवनमा २ वटा कवर्डहल निर्माण हुदै

चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित धनौजी र माडी नगरपालिका–३, बघौडामा कवर्डहल निर्माण भइरहेको छ । कोरोना कहरका बीचमा पनि कवर्डहल निर्माणको कामले तीब्रता पाएको छ ।

अघिल्लो आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको सो योजनाहरुको १ करोड बराबरको फाउन्डेसनको काम यसअघि नै सम्पन्न भईसकेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट चालू आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत यही २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७/७ करोड बराबरको काम भईरहेको भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए । करिब ११ करोडको लागत अनुमान गरिएको यी कवर्ड हलले सिङ्गो चितवनको खेलकुद लगाएत अन्य गतिविधिमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने प्रदेश सांसद रामलाल महतोले बताए ।

करिब २ हजार ५ सय दर्शक क्षमताको यस कवर्डहलमा विभिन्न ईन्डोर खेलहरु संचालन गर्न सकिने जिल्ला खेलकुद विकास समितिका पूर्व प्रवक्ता एवं पटिहानी युवा तथा खेलकुद विकास परिषद्का सल्लाहकार संयोजक रामहरि सेढाईले बताएका छन्।

merokhabarsathi

Read Previous

चितवनमा आज थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले नारायणी अस्पताललाइ दिइन् २ लाखकाे स्वास्थ्य सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram