Breaking News :

चितवनमा आज थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा आज २३५ जनालाई कोरोना संक्रमण भएकाे छ।स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज थप २३५ जना काेराेना संक्रमित भएका हुन्।

थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा १७२ जना, खैरहनीमा १४ जना, माडीमा ९ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्ती नगरपालिकामा ११ जना, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकाका ३ जना रहेका छन् । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या १२ हजार ७२ जना पुगेको छ ।

त्यसैगरी २४ घण्टामा चितवनमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८२ पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । चितवनमा घरमा आइसोलेसनमा चार हजार १६७, अस्पतालमा आइसोलेसनमा २१३ जना र सामुदायिक आइसोलेसन केन्द्रमा ९ जना रहेका छन् ।

merokhabarsathi

Read Previous

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन पीसीआर रिपोर्ट देखाउनु पर्ने

Read Next

चितवनमा २ वटा कवर्डहल निर्माण हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram