Breaking News :

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन पीसीआर रिपोर्ट देखाउनु पर्ने

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्रको कोरोना परीक्षणको पीसीआर रिपोर्ट देखाउनु पर्नेभएको छ ।

वाग्मती प्रदेशको उपनिर्वाचनको मतदान केन्द्र तोकिएको हेटौंडा उपमहानगरपालिका—४ स्थित भुटनदेवी माबिमा हुने मतदानमा सहभागीहरुले ७२ घण्टाभित्रको कोरोना परीक्षणको पीसीआर रिपोर्ट देखाउनु पर्नेभएको हो ।
राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फ रिक्त सदस्य पदमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले प्रतिस्पर्धा गर्दैछन् ।

देवकोटालाई उम्मेदवारीका बेला एमालेको माधवकुमार नेपाल पक्षले पनि सघाएको थियो । तत्कालीन नेकपा विभाजनपश्चात् एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा ६ गते उपनिर्वाचन हुन लागेको हो ।

कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ मा र कोरोना संक्रमण देखिएकालाई ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान र गणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

merokhabarsathi

Read Previous

आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

Read Next

चितवनमा आज थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram