Breaking News :

आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

माडी,०४ जेठ । जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले आज माडीको कोभिड आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

डेनमार्कका स्वयमसेवीहरुको संस्था जे.वाई.एस.के ले माडीको स्थानीय साझेदार निकाय एकीकृत समावेशी दीगो विकास परियोजना, माडी-८, चितवन मार्फत आइसोलेशन सेन्टरलाई करीब ५ लाख ७० हजार हजार रुपैंया बराबरको सहयोग गरेको हो । 

परियोजनाका सचिव गोविन्दप्रसाद पन्तले दिएको जानकारी अनुसार सहयोग रकमबाट १० वटा ठूला अक्सिजन सिलिण्डर, त्यसमा लाग्ने रेगुलेटर र अन्य सामग्रीहरु, वायुमण्डलबाट अक्सिजन संग्रह एवं प्रशोधन गर्ने २ वटा कन्सन्ट्रेटर मेसिन तथा अन्य मेडिकल सामग्रीहरु माडीका नगरप्रमुख ठाकुर ढकालमार्फत हस्तान्तरण गरिएको हो ।

अघिल्लो वर्षको कोभिड सङ्क्रमणको समयमा पनि सो संस्थाले बघौडा अस्पतालको लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । संस्थाले माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि एक/एक वटा डेनिस म्याटरनिटी बेड समेत पठाएको संस्थाका अध्यक्ष एवम् माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

सो संस्थाले माडी-८, दक्षिण अयोध्यापुरी र इन्द्रबस्ती गाउँमा शुद्ध खानेपानी वितरण एवं आयआर्जन, प्राङ्गारिक खेती, शिक्षा, स्वास्थ्य र पुस्तकालय लगायतका क्षेत्रमा काम गर्दै आएको छ भने विपत परेका स्थानहरूमा सहयोग गर्दै आएको छ ।

merokhabarsathi

Read Previous

सुनाैलाे किरणकाे हाेस्टेललाई अमेरिकाबाट श्रेष्ठकाे सहयोग

Read Next

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन पीसीआर रिपोर्ट देखाउनु पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram