Breaking News :

सुनाैलाे किरणकाे हाेस्टेललाई अमेरिकाबाट श्रेष्ठकाे सहयोग

चितवनको कालिका नगरपालिका-१० मा रहेको सुनौलो किरण द्वारा सन्चालित होस्टेलमा रहेका विद्यार्थीहरु भोकै रहेको कुरा सार्वजनिक भएपछि सहयोग जुट्न थालेको छ। खाद्य सामग्री सकिएको र आर्थिक रूपमा कमजोर भएको ले दुई दिन देखि भोकै रहेको बताउदै समाजिक संजालमा भिडीयो प्रसारण भएको थियो त्यसलाई देखेपछि सहयोग जुट्न थालेको हो।

अमेरिकालाई कर्म भुमी बनाउदै आएका राजिव प्रसाद श्रेष्ठले सो भिडियो देखेपछि विद्यार्थीहरुलाई सहयोग गरेका हुन। एरो स्पेस इन्जिनियर श्रेष्ठले रोगले भन्दा भोकले मर्ने अवस्था नआओस भन्दै भिडियो सार्वजनिक भएपछि सेभ द माइन्ड मार्फत २० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन्। उनले आफ्नो जन्मभुमीमा आएको विपत्ति आफू त्यहाँ नभएपनी आफ्नो पनि विपत्ति रहेको बताउदै रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्नका निम्ति सस्थां मार्फत सहयोग गरेको बताए।

सेभ द माइन्ड नेपालकाे अध्यक्ष पुजा भुसालले अमेरिका बाट आएकाे रकम बराबरकाे खाद्य सामग्री सुनौलो किरणको उपाध्यक्ष लाई हस्तान्तरण गर्दै सेभ द माइन्डलाई विश्वास गरेर सामग्री हस्तान्तरण गर्न लगाएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले कोरोना संक्रमण नियन्त्रणका लागि गरेको निशेधाज्ञाकाे प्रत्यक्ष प्रभाव मजदुर, विपन्न वर्ग, अपांग, दृष्टिविहिन र तेस्रोलिङ्गीमा परेको बताउदै भोकैले मर्ने अवस्था सिर्जना हुन थालेको समयमा विदेशी भुमिबाट सहयोग गरेकोले आफ्नो सस्थालाइ समाज प्रती थप उत्तरदाही हुन प्रेरणा मिलेको बताए।

उक्त कार्यक्रम्मा विभिन्न सस्थामा आबद्द रहि काम गरिरहेका युवा व्यवसायी प्रमोद भन्डारी सेभद माइन्ड नेपालको केन्द्रिय सदस्य रिता पाठक लगायत को उपस्थिति रहेको थियो।

merokhabarsathi

Read Previous

निषेधाज्ञामा दृष्टिविहिनकाे सारथि बन्दै सेभ द माइन्ड नेपाल

Read Next

आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram