Breaking News :

निषेधाज्ञामा दृष्टिविहिनकाे सारथि बन्दै सेभ द माइन्ड नेपाल

दाेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा जारी गरेपछि खाद्यान्न अभाव भएका दृष्टि विहिन परिवारहरुलाई सेभ द माइण्ड नेपालले खाद्यान्न उपलब्ध गराएकाे छ। दृष्टिविहिन अति विपन्न ५ परिवारलाई करिब १४ हजार रकम बराबरको खाद्यान्न सस्थांले उपलब्ध गराएकाे हाे।

सुदर्सन थापा मगरले आफ्नो श्रीमतीकाे स्वास्थ्य लाभको कामना गर्दै दिएकाे तीस हजार र सस्थांकाे अध्यक्ष पुजा भुसालको १० हजार रकम बाट सकंलन भएकाे ४० हजार बाट बचेकाे ६ हजार र अन्य सहयाेगी दाताबाट सकंलित रकमबाट खाद्यान्न उपलब्ध गराएकाे सस्थांका अध्यक्ष पुजा भुषालले बताउनुभयो। उनले सकंलित रकमबाट पहिलो चरणमा दृष्टिविहीन र तेस्रोलिङ्गीलाइ खाद्यान्न उपलब्ध गराएको र यो दोस्रो चरणमा पुन दृष्टिविहीन अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेकाे बताउनुभयाे। उनले विपद्काे यस घडिमा सहयाेग आवश्यक पर्ने सबैलाई आफुले र आफ्नो सस्थांले सक्ने सहयाेग गर्ने बताउदै अहिलेसम्म सस्थांलाई सहयाेग गर्ने सहयाेगी मनहरु सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियाे। 

ग्यास, सरफ, खाद्यान्न र औषधि सहयाेग स्वरुप लिएर पुगेको सेभ द माइन्ड नेपालका सदस्य रिता पाठक र सगींता तिमिल्सिना पनि यस दु:खकाे घडिमा सस्थांकाे तर्फबाट सक्दाे सहयाेग गर्न पाउँदा खुसि लागेकाे बताउदै दिन दु:खि र साहरा बिहिनकाे सारथि बनेर जिन्दगी जिउनु नै जिन्दगीले सार्थकता पाएकाे बताउछन्।

सस्थांकाे सहयोग लिदै सरस्वती सापकोटाले घरमा चुलो नबोलेको हप्तादिन बित्दा घरमै सहयाेग लिएर सेभ द माइन्ड नेपाल भगवान् बनेर आएकाे बताए। आफुहरु जस्तो दु:खिकाे साहरा बनेर सस्थां सधैं अघि बढाेस भन्दै उनले सस्थांलाई धन्यवाद ज्ञापन गर्नुभएको थियाे।

सेभ द माइन्ड नेपालले यस अघि पनि दृष्टिविहिन, अपांग, तेस्रोलिङ्गी र अतिविपन्न परिवारलाई सहयोग गर्दै आइरहेको छ। भने सस्थांलेआगामी दिनहरूमा पनि सहयाेग गर्ने प्रतिवद्वता जनाउदै आएको छ।

merokhabarsathi

Read Previous

छाेरी मात्रै हुदा वृद्धआश्रमको साहरा, औशीमा कोहि नआउँदा रमाइलो नभएको गुनासो

Read Next

सुनाैलाे किरणकाे हाेस्टेललाई अमेरिकाबाट श्रेष्ठकाे सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram