भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
रविना पौडेल, चितवन- देवघाट समाज कल्याण केन्द्रमा ४० जना वृद्धवृद्वा बस्दै आएका छन्। वृद्ध आश्रममा बस्दै आएकाहरु काेहि निसन्तान छन्, भने काेहि छाेरि मात्रै भएकाेले वृद्धा आश्रममा आएर बस्ने गर्दछन्। छाेरा छाेरी समान भनेर हक अधिकार खाेजेपनि अझैपनि छाेरी मात्रै भएका कारण वृद्धा आश्रम बस्नु पर्ने बाध्यता रहेकाे वृद्ध आश्रमका व्यवस्थापक देवु अधिकारीले बताए। छाेराछाेरी दुवै बराबरी हाे भनेपनि व्यवाहारिकरुपमा पालना नहुदा अझैपनि वृद्धा आश्रममा बस्नु पर्ने बाध्यता रहेकाे र छाेरीले बाबुआमा लगेर पाल्न नसक्ने अवस्था रहेकाे उनकाे भनाइ छ।
वृद्ध आश्रममा बस्दै आएका वृद्धवृद्वाहरु भने आज मातातृथ औशिका दिन सन्तान आउने आशमा बाटाे हेरिरहेका थिए। आफ्नाे सन्तान नआएपनि अघिल्लो वर्षहरुमा मुख हेर्न भनेर सहयोगीहरु आउने गदर्थे सहयाेगीहरुलाई नै छाेराछाेरी मानेर रमाउने वृद्धवृद्वाहरु याे वर्ष काेभिडले गर्दा सहयाेगी सन्तान पनि नआएपछि दुखी भएको बताउँछन्। अघिल्लो वर्षहरुमा देखभेट सगैं भजनकृतन रमाइलो हुन्थ्यो तर याे वर्ष न हामी गेटबाट निस्कन पाउछाै न उहाँहरु आउनुहन्छ भन्दै आश्रममा बसोबास गर्ने आमाबुबाहरुले दुःख व्यक्त गर्नु भयाे।