Breaking News :

दृष्टिविहिन र तेस्रो लिङ्गीकाे आवासमा सहयाेग लिएर पुग्याे सेभ द माइन्ड

दाेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा जारी गरेपछि खाद्यान्न अभाव भएका दृष्टि विहिन तथा समलिङ्गी तेस्रोलिङ्गीहरुलाई सेभ द माइण्ड नेपालले खाद्यान्न उपलब्ध गराएकाे छ। समलिङ्गी तथा तेस्रो लिङ्गीमा २३ परिवारलाई र दृष्टिविहिन ५ जनाकाे एक परिवारलाई करिब ३४ हजार रकम बराबरको खाद्यान्न उपलब्ध गराएकाे हाे।

सुदर्सन थापा मगरले आफ्नो श्रीमतीकाे स्वास्थ्य लाभको कामना गर्दै दिएकाे तीस हजार र सस्थांकाे अध्यक्ष पुजा भुसालको १० हजार रकम बाट सकंलन भएकाे ४० हजार बाट ३४ हजारकाे खाद्यान्न उपलब्ध गराएकाे सस्थांका अध्यक्ष पुजा भुषालले बताउनुभयो। उहाँले सकंलित रकमबाट पहिलो चरणमा केही खाद्यान्न उपलब्ध गराएका छाै अब सस्थांमा बाकी ६ हजार रहेकाे छ रहेकाे बाकि रकम बाट रकमबाट पुन सहयाेग गर्ने बताउनुभएको छ। उनले विपद्काे यस घडिमा सहयाेग आवश्यक पर्ने सबैलाई आफुले र आफ्नो सस्थांले सक्ने सहयाेग गर्ने बताउदै अहिलेसम्म सस्थांलाई सहयाेग गर्ने सहयाेगी मनहरु सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियाे।

दृष्टिविहिन र तेस्रो लिङ्गीहरुले सहयाेग गर्ने सस्थांलाई धन्यवाद दिएका छन्। उनिहरुले बिपत्तीमा सहयोग गर्ने बुज्ने कोहि न आएको समयमा सेभ द माइन्डले लगिदिएकाे खाद्यान्न पाउँदा निकै हषिर्त भएकाे बताए। तेस्रो लिङ्गीहरुकाे तर्फबाट बाेल्दै देव श्रेष्ठ खाद्यान्न दिएकाेमा धन्यवाद सगैं सिपमुलक कार्यक्रमकाे माग समेत गर्नुभएको थियाे।

सस्थांकाे कार्यसमिती सदस्य रिता पाठकले सस्थांकाे तर्फ बाट सकिने सिपमुलक कार्यक्रम पनि दिने आश्वासन दिनुभएको छ। भने आगामी दिनमा समाजमा पछाडि परेका वर्गलाई सहयाेग गरि हातेमालाे गरि अगाडि बढ्ने बताउनुभएको छ।

कार्यक्रममा सहभागी सक्षम नेपालका अध्यक्ष प्रकाश थापाले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्षम नेपाल पनि सङै रहेको बताउदै सामाजिक कार्यमा सेभ द माइन्ड नेपाल सङ सहकाॠ गर्न तयार रहेको बताउनु भएको छ।

merokhabarsathi

Read Previous

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

Read Next

विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसद अधिवेशनको बैठक आज बस्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram