Breaking News :

भरतपुर अस्पतालमा कोरोनाको उपचारको लागि कर्मचारीको माग

चितवनमा कोरोनाका बिरामी बढेसँगै भरतपुर अस्पतालले कोरोनाको उपचारको लागि थप कर्मचारीको माग गरेको छ ।

आज अस्पतालले विज्ञापन प्रकाशित गरेर पाचौं तहदेखि आठौं तहसम्मका कर्मचारी स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म माग गरेको हो ।

अस्पतालले प्रकाशित गरेको विज्ञापनमा बायो मेडिकल इञ्जिनियर एक जना, मेडिकल अधिकृत, स्टाफ नर्स र रेडियोग्राफर केही संख्यामा माग गरेको छ । वैशाख २४ गतेसम्ममा अन्तरर्वार्ताका आधारमा छनोट गर्ने गरी करार सेवामा कर्मचारी माग भएको अस्पतालले जनाएको छ ।

merokhabarsathi

Read Previous

दोस्रो लहरको कोरोना चितवनमा तिव्र गतिमा फैलिदै, चिकित्सक भन्छन अवस्था गम्भिर छ

Read Next

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram