Breaking News :

दोस्रो लहरको कोरोना चितवनमा तिव्र गतिमा फैलिदै, चिकित्सक भन्छन अवस्था गम्भिर छ

कोभिड १९ को दोस्रो लहर चितवनमा तिव्र गतिमा फैलिरहेको छ । संक्रमितको संख्या बढेसँगै गम्भिर अवस्थामा पुग्नेहरुको सख्या पनि दिन प्रतिदिन बढीरहेको छ। चितवनमा परिक्षण हुने गरेका स्वाब मध्य ४८ प्रतिशतमा कोभिड देखिने गरेको कोभिड प्रयोगशालाका प्रमुख मणिराम महत्तोले बताएका छन्। उनले केही समय अवस्था समान्य रहेको र पछिल्लो समय बिस्तारै संख्यामा वृद्धि हुँदै गएर अहिले परिक्षण गरिएको मध्य ४८% सम्ममा कोभिड देखिने गरेको बताएका हुन।

दोस्रो लहरको कोरोना सन्क्रमित हुने बिरामीहरु भने जटिल प्रकृतिको धेरै रहेको भरतपुर अस्पतालका फोकल पर्सन डा. प्रमोद पौडेलले बताएका छन। उनले दोस्रो लहरमा देखिएको कोरोना संक्रमितहरुमा लक्षण नदेखिए पनि कोभिड देखिने र कोभिड देखिएपछी अक्सिजनको मात्रामा कमि भैहाल्ने र अक्सिजन लगाइहाल्न पर्ने समस्या देखिएकोले अवस्था झनै जटिल बन्दै गएको बताएका हुन। उनले अधिकांश विरामीहरु निमोनिया, दम भइसकेपछी मात्र अस्पतालमा आउने गर्नाले अक्सिजनको मात्रा धेरै चाहिने गरेको समेत बताएका छन।

दोस्रो लहरको कोरोनाको संक्रमीत हुने संख्या यहीँ लहरमा बढ्दै जाने हो भने भरतपुर अस्पतालले मात्र उपचार गर्न नसक्ने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताए। उनले सरकारी अस्पतालले १५० भन्दा बढिलाई सेवा दिन नसक्ने र त्यसभन्दा बढि बिरामी भए धान्न नसक्ने बताएकाछन्। कोरोना कहर यसरी नै बढ्दै गए निजिअस्पतालले पनि उपचार गर्नपर्ने र स्थानीय सरकारले पनि वडामा २० शय्याको अक्सिजन सहितको आइसोलेसन बनाउन पर्ने उनको माग रहेको छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा संक्रमितको संख्या आठ हजार ४६ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा ८८ जना छन् भने घरमा नै आइसोलेसनमा ९८२ जना रहेका छन् ।

merokhabarsathi

Read Previous

निषेधाज्ञामा पिडित भएका व्यक्ति सगं सेभ द माइन्ड नेपालको अन्तरक्रिया

Read Next

भरतपुर अस्पतालमा कोरोनाको उपचारको लागि कर्मचारीको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram