Breaking News :

निषेधाज्ञामा पिडित भएका व्यक्ति सगं सेभ द माइन्ड नेपालको अन्तरक्रिया

देशैभर काेभिड-१९ फैलिए सगैं धेरैकाे जनजिवन प्रभावित भएको छ। बढ्दाे सङ्क्रमणलाई राेकथामका लागि नेपाल सरकारद्वारा निषेधाज्ञा जारि गरिएको छ। तर निषेधाज्ञाले सबैकाे जनजिवनमा भने प्रभाव पारिरहेको छ। दृष्टिविहिन, अपाङ्ग अशक्त, तेस्रोलिङ्गि र समलिङ्गीहरुलाई भने यो समयमा झनै समस्या परेकाे देखिन्छ ।

सेभ द माइन्ड नेपालले जुम बाट गरेको अन्तरक्रिया कार्यक्रममा दृष्टिबिहिन, अपाङ्ग अशक्त, तेस्रोलिङ्गि र समलिङ्गीहरुले आफुहरु पहिलैबाट नै समाजबाट हेपिदै आएको र महामारीको समयमा त झनै आफुहरुलाई हेर्ने समाजको दृष्टिकोण नै फरक भएको बताएका छ्न। समाजले आफुहरुलाई हेर्ने नजर नै फरक भएकोले बन्दाबन्दिकाे समयमा १ छाक खान समेत मुस्किल भएकाे उनिहरुले बताएका छन्।

अन्तरक्रिया कार्यक्रममा सहभागी अधिबक्ता शेर बहादुर के.सि र स्वागत नेपालले उनिहरुको समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर समस्याको समाधानका उपायहरु बताएका थिए।

अधिवक्ता शेर बहादुर के.सिले यो बिकराल अवस्थामा नेपाल सरकार स्थानिय सरकार ले यतिबेला ठुला-ठुला आश्वासन होइन दृष्टि बिहिन अपांगताभएका समलिंगी तेस्रो लिङ्गीलाई हेन्ड टु माउथ क्यास रकम सहित समस्यामा परेकाहरुलाइ सरकार स्वायम ले जिमम्मा लिनुपर्ने बताएका छन्।

त्यसैगरि अधिवक्ता तथा समाजिक अभियान्ता स्वागत नेपालले यति बेला कानुनका ठेली पल्टाएर बस्ने बेला होइन समस्यामा परेका नागरिकलाई मानवीय धर्म निभाउनु सरकारको प्रमुख कर्तव्य रहेको र स्थानिय सरकारले तुरुन्त सहयोगको कदम चाल्नुपर्ने बताएका छन्।

अन्तरक्रिया कार्यक्रम बोल्ने क्रममा अन्य वक्ताहरुले भने समाजमा व्याप्त समस्या रहेको र सामाधानमा सरकारले त्यति गम्भिरता पुर्वक नलिएको र तेस्रो दर्जाको नागरिक जसरी व्यवहार गरेको बताएका थिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सेभ द माइन्ड नेपालको अध्यक्ष पुजा भुसालले जब सम्म यो देश को नेतृत्व तहले सबै नागरिकलाई एकै नजरले हेर्दैन स्वरोजगारको अवसर सिर्जना गर्दैन तब सम्म उनिहरु हेप्पिनु पर्ने बताउदै नेतृत्व तहबाट नै दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। उनले सामाजिक सस्था सेभ द माइन्ड नेपालले हरेक समस्यामा परेकाहरुको लागि सक्दो सहयोग गर्ने र समस्या सुन्नको लागि हरेक ३/३दिनमा सामाजिक संजाल मार्फत नै सेभ द माइन्ड हेल्प डेस्क कार्यक्रम गर्ने योजना रहेको समेत बताएकि छन्।

कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा पुनर्निर्माण जिल्ला आयोजना सिन्धुलिका इकाइ प्रमुख विष्णु भट्टराई, समाजसेवी विजय ज्ञावाली , चितवन मानव सेवा आश्रमको सचिव देवि आचार्य, इनर भिजन सोसाइटी का पुर्ण मगर , समलिङ्गी तथा तेस्रो लिङ्गीका तर्फबाट देव श्रेष्ठ,सक्षम नेपालका अध्यक्ष प्रकाश थापा, छक्का पन्जाका निर्मता निशान बजगाइ लगायत सेभ द माइन्ड नेपाल परिवार र दृष्टि बिहिन तथा समलिंगी तेस्रो लिङ्गीहरुको सहभगिता रहेको थियो। सेभ द माइन्ड नेपालले समय समयमा यस्तो कार्यक्रम गर्दै आइरहेको छ।

merokhabarsathi

Read Previous

मनोमानी तरीकाले क्रियाशिल सदस्यता थपेको भन्दै नेपाली काङ्ग्रेस वडा नम्वर-७ को वडा कार्यालयमा तालाबन्दी

Read Next

दोस्रो लहरको कोरोना चितवनमा तिव्र गतिमा फैलिदै, चिकित्सक भन्छन अवस्था गम्भिर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram