Breaking News :

मनोमानी तरीकाले क्रियाशिल सदस्यता थपेको भन्दै नेपाली काङ्ग्रेस वडा नम्वर-७ को वडा कार्यालयमा तालाबन्दी

नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्वर ७ का वडा सभापतिले मनोमानी तरीकाले क्रियाशिल सदस्यता थपेको भन्दै वडा कार्यालयमा तालावन्धी गरीएको छ ।
आज एक विज्ञप्ति निकाल्दै वडा कार्यसमिति एवं १३ औ महाधिवेशन वडा सभापतीका प्रत्यासी विनोद ढकालले मनोमानी तरीकाले वडा सभापति काशीराम अधिकारीले सर्वसम्मत निर्णयले पठाएको भन्दा १९ जना वढी सदस्य थप गरेर सिफारिस गरेको भन्दै वडा कार्यालयमा ताला लगाएको बताउनु भयो । ढकालद्धारा जारी विज्ञप्तीमा भनीएको छ, ‘नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्वर ७ वडा समितिको सर्वसम्मत निर्णयले १८४ जना नयाँ  क्रियाशिल सदस्य थप गर्ने निर्णय गरिएकोमा वडा सभापतिको एकलौटी मनोमानीमा १९ जना थप गरी क्रियाशिल सदस्यता सिफारिस गरिएको प्रति हामी सम्पूर्ण क्रियाशिल सदस्यहरुको ध्यानकर्षण भएको छ । यस प्रकारको मनोमानी पूर्ण गतिविधिको घोर भत्र्सना गर्दछौ । साथै यस सम्बन्धमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति र क्रियाशिल छानविन केन्द्रलाई समेत जानकारी गराईएको छ । यस सम्बन्धमा वडा सभापतिसंग वारम्वार फोनमा कुरा गर्दा उहाँले मिलाउने कुनै पनि प्रयन्त नगरेकोले हामी बाध्य भएर यस वडा कार्यालयमा तालाबन्धी गर्न बाध्य भएका छौ । अझै यसलाई सामान्य मानी वेवास्था गरिएमा हामी कडा भन्दा कडा गतिविधि गर्न वाध्य हुनेछौ । विज्ञप्तीमा भनीएको छ ।’ 

merokhabarsathi

Read Previous

विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

Read Next

निषेधाज्ञामा पिडित भएका व्यक्ति सगं सेभ द माइन्ड नेपालको अन्तरक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram