Breaking News :

माडीका सुरक्षाकर्मीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

चितवनको माडीमा सामाजिक अगुवा एवम् नेकपा एमालेका युवा नेता श्रीप्रसाद दवाडी र सञ्चारकर्मी नारायण सापकोटाको सहयोगमा माडीका सुरक्षाकर्मीहरुका लागि मङ्गलवार स्वस्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । माडी नगर पालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद सुवेदीको रोवहरमा इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख झलक शर्मा, सीमा सुरक्षा बल (बिओपी) छरछरेका प्रहरी सहायक निरिक्षक नारायण इटनी र हाल राधापुरमा रहेको वेस क्याम्पका प्रहरी निरीक्षक आन गुरुङलाई १८ प्याकेट माक्स र ५ लिटर सेनिटाइज सहयोग हस्तान्तरण गरिएको हो ।                                                                                      स्वास्थ्य शाखा प्रमुख सुवेदीले सङ्क्रमणको समयमा सुरक्षकर्मीहरुको समस्या बुझेर सहयोग गर्ने सहयोगीहरु प्रति हार्दिक धन्यवाद दिंदै सङ्क्रमणको समयमा अत्यावश्यक काम बाहेक अनावश्यक हिंडडुल नगर्न सम्पूर्ण माडी वासीहरुलाई आग्रह गर्नुभयो ।कोभिडको सङ्क्रमणको समयमा पनि अग्रपङ्तिमा रहेर जनताको सेवा गर्नु पर्ने भएकोले स्वास्थ्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको सामाजिक अगुवा दवाडी बताउनुभयो ।

merokhabarsathi

Read Previous

भरतपुर अस्पतालले भन्याे आवश्यक काम परे मात्रै अस्पताल आउनु

Read Next

ठिमुराकाे निर्माणाधिन पुल भत्किएर त्रिशुलीमा खसेका दुई जनामध्य एकजनाको शव भेटियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram