Breaking News :

चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ

चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। मंगलवार विहान प्रधानमन्त्री केपी ओलीले पूजाआजा गरेर बालुवाटारबाट विदाइ गरेकाे मुर्तिलाई माडीको नवनिर्मित मन्दिरमा प्रतिस्थापन गरेको हो।
बालुवाटारबाट रथ यात्रासहित ल्याइएका मूर्तिलाई आज बिहान देवघाट सङ्गमस्थलको जलले जलाभिषेक गरेर देवघाटबाट बिदाइ गरि चितवनको दासढुंगा नारायणगढ, चौविसकोठी, पटिहानी हुँदै रथयात्राको टोली माडी आएर माडीको पर्शुराम कुन्डमा जल अभिषेक गरेर अयाेध्यामा मुर्ति प्रतिस्थापन गरिएको थियो।
गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो ।

merokhabarsathi

Read Previous

माडी नगरपालिका उपप्रमुख महतो माथि वडा अध्यक्ष पोख्रेलद्धारा गाली गलौज

Read Next

भरतपुर अस्पतालले भन्याे आवश्यक काम परे मात्रै अस्पताल आउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram