भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
शान्ता अधिकारी, चितवन-
माडी नगरपालिका उप -प्रमुख ताराकाजी महतोलाई माडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबन्दु पोखेरेलले गाली गलौज गरेका छन् ।
विगत ६ महिना देखी रिक्क्त रहेको माडी नगरपालिका प्रशासकीय प्रमुखमा जिरी नगरपालिकाबाट सरुवा भएर आउन लाग्नु भएका प्रशासकीय प्रमुख अर्जुन गौतमलाई उपमेयरको गाडी काठमाण्डौ लिन पठाएको भन्दै वडा अध्यक्ष पोखरेलले अपशब्द प्रयोग गरेर धम्काएको उप-प्रमुख महतोले बताएकी छन् । उप-मेयर महतोले वडा अध्यक्षले धम्कीको भाषामा भोली कसरी हाजीर गराउदो रहेछ गराएर देखा भनेर फोन गरेको बताईन ।’
धम्कीको भाषामा वडा अध्यक्ष जस्तो मान्छेले उप-मेयरलाई कर्मचारीको विषयमा धम्काउन पाईन्छ उनले प्रश्न गरीन् । उनले यस विषयमा माडी नगरपालिकका मेयर ठाकुर ढकाललाई आफ्नै घरमा बोलाएर जानकारी गराएको समेत बताएकी छन् । मेयर ढकालले यस्लाई सामान्य रुपमा लिएको भन्दै आपति जनाएकी छन्, उनले भनीन्, एउटा वडा अध्यक्षले बोल्ने भाषा त्यही हो भनेर मेयर सावलाई भन्दा मेयर सावले उहाँले बोल्न नहुने शब्द बोल्नु भएछ भनेर नर्मल तरीकाले मात्रै भन्नुभयो । ’
मेयर ढकालले कर्मचारी ल्याउने नल्याउने विषयमा आफुसंग अहिलेसम्म सल्लाह नगरेको भन्दै हिजो नै उपमेयरको गाडी प्रमुख प्रशासकीयलाई लिन काठमाण्डौ गईसकेकको बताईन् । उनले पनि कर्मचारी माडी नगरपालिका आउने भनेर चिठी बुझी सकेको छ । केही समस्या भए फुकाउन सकियो अहिले ल्याउदै नल्याउने भन्ने कुरा त हुदैन नी । ’ उनले हिजोबाट अहिलेसम्म मेयर ढकालसंग कुनै सम्वाद नभएको भन्दै गाडीले कर्मचारी लिएर आउछ वा आउदैन त्यस विषयमा आफु अनविज्ञ रहेको बताईन । माघ महिनाबाट माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले निमितिको रुपमा काम गरीरहेको उनले बताएकी छन् ।
उता सरुवा भएर आउन लाग्नु भएका अर्जुन गौतमले भने कर्मचारीको मनोवल गिराउने गरेर नआउनका लागि फोनबाट धम्की आएको बताएका छन् । उनले भने युवा नेता भन्थे के पनेरु थरको व्यक्तिले फोन गरेर तपाई माडी आउदा खेरी राम्रो हुने छैन । यस्लाई धम्की भनेपनी भन्नु जे सोच्नु भएपनि सोच्नु भन्दै फोन गरे । ’ उनले काम गर्ने कर्मचारीलाई राजनीतिक धम्की प्रयोग नगर्न भनेको भन्दै राजमार्गका सयौ गाडी गुड्ने आकाशमा प्लेन उड्ने हुदाँ माडी नगरपालिकाको गाडी भएपनि नभए पनि आउन कुनै समस्या नहुने बताएका छन् ।
गौतमले भने म राज्यको कर्मचारी हो । राजनीतक नियुक्ति लिएर आउन लागेको मान्छे होईन । मलाई राज्यले जहाँ खटाउछ आफु त्यही गएर काम गर्ने बताएका छन् । यस विषयमा माडी नगरपालिकाका प्रमुुख ठाकुर ढकालसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।