भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
रविना पाैडेल, चितवन-
गत वर्षको भानुजयन्तिमा भगवान् रामको जन्म नेपालमानै भएको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलिले अहिले भने राम सीता लक्ष्मण र हनुमानको मुर्ति तयार गरेर माडीको अयोध्यामा स्थापना गर्न लागेका छन्। प्रधानमन्त्रीकै अग्रसरतामा तयार गरिएको मुर्तिहरु आउदो बैशाख ८ गते रामनवमिको दिन पारेर माडीको अयोध्यापुरीमा स्थापना गर्ने तयारी भइरहेको छ। मुर्तिहरु राख्न अयोध्यापुरी माडी नगरपालिकाले छुट्टाएको एक सय बिघा जमिनको केही हिस्सामा अहिले अस्थायी मन्दिर तयार पारिँदैछ।
‘तत्कालका लागि मूर्ति स्थापना गर्ने उद्देश्यले अस्थायी मन्दिर र सत्तलको निर्माण गरिएको माडी नगरपालिका-९ अयोध्याका वडाअध्यक्ष शिवहरी सुवेदिले बताए। उनले तत्काल अस्थायी मन्दिर निर्माण गरिएको बताउदै २२ महिना भित्र स्थायी मन्दिर तयार गरेर मुर्ती राखिने बताएका छन्।
प्रधानमन्त्री ओलीले रामनवमीको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको राम मन्दिरबाट विधिवत् रूपमा ती मूर्तिहरू हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। मूर्ति हस्तान्तरण गरेपछि बग्गी र रथसहितको कलस यात्रा अयोध्यापुरीतर्फ प्रस्थान गर्ने अयोध्यापुरी व्यवस्थापन समितिका प्रचारप्रसार संयोजक श्रीप्रसाद दवाडीले बताए। उनले पशुपतिनाथबाट भद्रकालीसम्म एक हजार आठ कलससहितको ¥याली हुने र भद्रकालीबाट नागढुंगासम्म बग्गी र रथ हुनेछन् भने नागढुंगाबाट मुख्यमन्त्रीको नेतृत्वमा चितवन ल्याइने बताएका छन्।
राममन्दिरको निर्माणहुने भएपछी माडीबाट बसाइँसरि गएकाहरु भने पुन फर्केर माडी नै आउने सोचमा रहेको भरतपुर माडी जनसम्पर्क मंचका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए। उनले पहिला राप्ती पारी मात्र बस्न पाए हुन्थ्यो भनिन्थ्यो तर माडीको विकास हुन लागेको देख्दा माडीमा नै बस्न पर्छ केही गर्न पर्छ भन्ने सोच पलाएको बताए।
राममन्दिर निर्माणले निरन्तरता पाए माडीको मुहार फेरिने छ । पटकपटक निर्वाचनको समयमा माडिलाई मणि बनाउने भनेर गरिएको बाचा मन्दिर निर्माण हुन सके पूरा हुने सर्वसधारणले विश्वास लिइएका छन् ।