भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
नेपालमा दुग्ध जन्य पदार्थ ढुवानी गर्ने गाडीमा लोगो अकिंत हुने भएको छ । दुग्ध जन्य पदार्थ ढुवानी गर्ने सवारी साधनकाे पहिचान दिन र बिना राेकताेक संचालन गराउन भन्दै राष्ट्रिय दुग्ध विकास वोर्डले लोगो अकिंत गर्न लागेकाे हाे।
दुध ढुवानी गर्ने सवारी साधनमा रहने लोगोमा अंग्रेजी अक्षर डि, गाईको प्रतिक, दुधको थोपा र निलो रङ्ग प्रयोग गरिएकाे र लाेगाे कार्यविधि अनुसार सञ्चालनमा आउने राष्ट्रिय दुग्ध विकास वोर्डका शाखा अधिकृत दिपेन्द्र अधिकारीले बताउनुभयो।
“दुध समय र तापक्रममा तल माथि हुने वित्तिकै गुणस्तरहिन वन्ने भएकोले दुधको खपतमा असर पर्न नदिन दुग्ध जन्य पदार्थ बोक्ने गाडीमा लोगो अकिंत गर्न लागिएको उहाँको भनाइ छ।
बाग्मति प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले दुग्ध जन्य पदार्थ बाेक्ने गाडिमा लोगो अकिंत भएपछि किसानहरु मर्कामा नपर्ने र कामगर्न सहजहुने बताउनुभयाे। उहाँले चितवनले कृषिविकासमा राम्रो फड्को मारेकाे बताउदै दुग्ध जन्य पदार्थ बाेक्ने गाडिमा लाेगाे अकिंत हुनु खुसिकाे कुरा रहेको बताउनुभयाे। उहाँले आफु सधैं कृषककाे पक्षमा रहने प्रतिबद्धता समेत जाएर गर्नुभयो।