भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
१९, चैत, चितवन
पत्रकार महासंघ चितवनकाे अागामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चाैतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयाेजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ । चितवनको पत्रकारिता क्षेत्रकाे संस्थागत विकास, श्रमजीवी पत्रकारहरूकाे पक्षमा एकजुट भएर जाने सहमतिमा उल्लेख छ । दुई संगठनद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघको अागामी नेतृत्व अाम सहमतिका साथ सम्पन्न गर्न पत्रकारिता क्षेत्रसँग सम्वन्धित विभिन्न पेशागत संघसंगठनलाई अपिल गरिएको छ ।