Breaking News :

प्रथम कालिका गोल्ड कप हुदै

चितवन। मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटी को आयोजनामा “प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता” हुने भएको छ। नयाँ वर्षलाई लक्षित गरि बैशाख १ गते बाट फुटबल प्रतियोगिता हुन लागेको हो।

युवाहरुलाई खेलकुदमा अाभिप्रेरीत गर्न र नयाँ खेलाडी उत्पादन गर्ने सोचले सो प्रतियोगिता गर्न लागिएको मदन भन्डारी स्पोर्ट्स एमेडेमी कालिकाको अध्यक्ष पुर्ण चौधरीले(निशान) बताएका छन्। कालिका ब्याङ्क्वेट खोलेसिमलमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनलेे खेलले मनोरञ्जन दिनुको साथै स्वास्थ्य पनि राम्रो हुने उल्लेख गर्दै नयाँ पुस्तामा भएको खेल प्रेमलाई जागरुक गर्न लागिएको बताए।

यस प्रतियोगिताको प्रथम पुरस्कार रु १,११,१११ र द्वतिय पुरस्कार रु ५५,५५५ रहेको छ। साथै उत्कृष्ट खेलाडीलाई आकर्षक साइकल र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चाैधरीले बताएका छन्।

merokhabarsathi

Read Previous

प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति

Read Next

दुग्ध जन्य पदार्थ ढुवानी गर्ने गाडीमा लोगो अकिंत हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram