Breaking News :

चीनले दिएकाे ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुग्याे

चीन सरकारले सहुलियतमा उपलब्ध गराएको ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएको खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिइसकेको छैन । डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल्याइने भएको छ ।

merokhabarsathi

Read Previous

भोलि देखि देशभरका विद्यालय चार दिनका लागि बन्द

Read Next

प्रेस चाैतारी र जनपत्रकार संगठन चितवन बीच पत्रकार महासंघको निर्वाचनमा मिलेर जाने सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram