Breaking News :

चितवनमा बस र स्कुटर ठाेक्किदा ३ जनाकाे मृत्यु

चितवन । माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । नारायणगढ माडी ठोरी रुटमा चल्ने ना. ५ ख. २१५० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना. ४० प. ७०८२ नम्बरको स्कुटर पटिहानिमा ठक्कर खादा ३ जनाकाे मृत्यु भएकाे हाे।

स्कुटर र बस एकअापसमा ठाेक्किदा भरतपुर महानगरपालिका ६ गितानगर बस्ने अन्दाजी बर्ष ४५ को मोहन अधिकारी र स्कुटरमा सवार निजकाे छाेरि बर्ष १७ की बिनिसा अधिकारी र बर्ष १७ कै दिबिसा अधिकारीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।उनिहरुलाई उपचार गर्न भरतपुर अस्पताल तर्फ पठाईएकोमा उपचारको क्रममा तीनैजनाको मृत्यु भएकाे हाे।

merokhabarsathi

Read Previous

चितवनमा भोलि दिउसो विद्युत आपूर्ति बन्द हुने

Read Next

भोलि देखि देशभरका विद्यालय चार दिनका लागि बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram