Breaking News :

चितवनमा भोलि दिउसो विद्युत आपूर्ति बन्द हुने

चितवनमा भोलि (शनिवार) दिउसो विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि भोलि विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सबस्टेशनमा १३२ केभि बसबार कण्डक्टर मर्मत, सिटिपिटि चेन्ज लगायतका अन्य आवश्यक मर्मत सम्हार गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाबाट जारी गरिएको सूचनामा उल्लेख छ ।

शनिवार भरतपुर सबस्टेशन, चनौलि सबस्टेसन र पर्सा सबस्टेसनबाट प्रसारित तथा वितरित सम्पूर्ण फिडहरु अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर वितरण केन्द्रको सम्पूर्ण क्षेत्र, चनौली वितरण केन्द्रको सम्पूर्ण क्षेत्र र टाँडी वितरण केन्द्र अन्तर्गत केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

merokhabarsathi

Read Previous

अनेरास्ववियुकाे सम्पर्क कार्यलय स्थापना

Read Next

चितवनमा बस र स्कुटर ठाेक्किदा ३ जनाकाे मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram