भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
आज १११ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइरहदा पनि अझै नारीहरु गम्भीर प्रकृतिका फौजदारी र घरेलु हिँसा बाट पीडित हुनुपरेको छ। चितवन जिल्लामा आर्थिक वर्षको फागुन १२ गते सम्ममा मात्रै ६९ वटा घरेलुहिँसा सम्बन्धी उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ताका अनुसार खान लाउन नदिएको भन्दै २२ वटा, कुटपिट भयो भनी २९ वटा र गाली बेइजति भएको भनी १८ वटा उजुरी दर्ता भएकाे छ। जुन गत आर्थिक वर्षमा कुल ८४ वटा मात्रै उजुरी परेकाे थियाे । त्यस्तै गम्भिर फौजदारी मुद्दा अन्तगर्त पनि महिला नै पीडित देखिन्छ। माघ महिनासम्ममा ५५ वटा मुद्दा दर्ता भएर २९ वटा फछ्र्यौट भएकाे छ । जसमा जबरजस्ती करणीमा ३४, जबरजस्ती करणी उद्योगमा ५, बहुविवाहमा ११ र बालयौन दुराचारमा ५ वटा मुद्दा दर्ता भएको हाे ।
जिल्लाको दुरदराजको ठाउँमा भन्दा भरतपुर महानगरमा यी घटना धेरै हुने गरेको पाइन्छ। चितवनमा महिला वालावालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रनै स्थापना गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा रहने यो केन्द्रले अदालत नपुर्याउँदै घरेलु हिँसालाई त्यहीबाट समाधान गर्ने गरेको छ ।
कानूनले महिला र पुरुष बरावरी हो भनेपनि व्यवहारमा त्यसाे भएकाे पाइदैन । संविधानले दिएको अधिकार कति कार्यान्वयन भयो कति भएन भन्ने अध्ययन गर्ने काम सरकारको हो तर सरकार सत्ताको खेल र कुर्चीको दौडमा भएकाले पनि घटना बढिरहेको अधिवक्ता फूलमाया रानाभाटले बताउनुभएको छ। महिलाहरुमा आएको शसक्तिकरण,कामको बोझ, बेरोजगार,घरवाहिर राखिने अनैतिक सम्वन्ध,घरेलु आर्थिक समस्या,एक अर्कालाई गर्ने सहयोगको भावना हराउदै जाने आदि कारणबाट सृजना हुने समस्याले महिला हिसां बढेको उनकाे भनाइ छ।