Breaking News :

अदालतले भाैतिक सरंचना बनाउन राकेकाे स्थानमा नै घर बन्दै

एस.एस. पटेल, बारा-

बाराको जीतपुरासिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरको मेन बजारमा एक विवादित जग्गामा अदालतले कुनै किसिमको भौतिक निर्माण नगर्न आदेश दिएपनि उक्त जग्गामा घर निर्माण कार्य भईरहेको छ ।

जीतपुरको मेन रोडबाट गुदरी बजार जाने बाटो भन्दा करिव २०–३० मिटर दाँया तिर मेन रोडमै रहेको पैनी (कुलो) को जग्गा अतिक्रमण गरेर घर बनाएको भन्दै अदालतमा मुदा चलिरहदा उक्त जग्गामा कुनै किसिमको भौतिक निर्माण नगर्न आदेश दिएको थियो तर उक्त जग्गामा अहिले पनि घर निर्माण कार्य भईरहेको पाईएको छ ।

करिब एक वर्ष पहिले सरोज देवी क्यालले विवादित पैनीको जग्गामा मार्के बनाउने क्रममा स्थानीयहरुले विरोध गरेका थिए तर क्यालले पैनिको ऐलानि जग्गा छोड्न नमाने पछि स्थानीयहरुले स्थानीय निकायमा उजुरी समेत हालेका थिए । स्थानीय निकायमा उजुरी हाले पनि स्थानिय निकायले उक्त विवाविद जग्गा माथी चासो नदेखाए पछि स्थानियहरुले जिल्ला अदालत बारामा सार्वजनिक जग्गा कब्जा गरेको भन्दै मुद्दा दायर गराएका थिए । मुद्दा दायर भए पछि अदालतले विवादित जग्गामा भवन नबनाउन आदेश दिए पनि क्यालले अदालतको आदेशलाई नजरअन्दाज गर्दै भवन निर्माण कार्य जारी राखी अहिले करिब करिब भवन निर्माण गरिसकेको स्थानीयहरुले बताएका छन् ।

करिब १ वर्ष पहिला वादी बारा जीतपुरका शम्भु प्रसाद साहले सार्वजनिक जग्गा कब्जा गरेको भन्दै प्रतिवादी पर्सा विरगञ्जकी सरोज देवी क्याल माथि मुद्दा दायर गरेका थिए । मुद्दा दायर भए पछि अदालतको विवादीत जग्गामा भवन नबनाउने आदेशलाई पालना नगरेको भन्दै पुनः शम्भु प्रसाद साहले अदालतको अवहेलना गरेको भन्दै सरोज देवी क्याल माथी दोस्रो मुदा दायर गराएका छन् अदालतको अवहेलता गरेको मुदा दायर गरे पनि अहिले पनि क्यालले भवन निर्माण कार्य रोकेकी छैनन् । अहिले क्याल माथि सार्वजनिक जग्गा कब्जा गरेको र अदालतको आदेशलाई अवहेलना गरेको भन्दै दुइ वटा मुदा चलिरहेको छ ।

केही महिना अगाडि विवादीत जग्गालाई प्रष्ट पार्न र नापी गर्न जिल्ला अदालतले सरकारी अमिन पठाएको थियो । अदालतले पठाएको सरकारी अमिनले नापी गर्दा प्रतिवादी सरोज देवी क्यालको किता नम्बर ३०० को जग्गामा पैनि (कुलो) को किता नम्बरको ९९ को पनि करिब ५ फिट जग्गा बढि कब्जा गरि क्यालले भवन बनाएको खुलेको थियो । अदालतले पठाएको सरकारि नमिनले विवादित जग्गा वादी, प्रतिवादि, जीतपुरको अगुवा नेता, प्रहरी प्रसाशन लगायत स्थानिहरूको रोहबरमा नापी गरेको थियो ।

merokhabarsathi

Read Previous

मौरीपालन सम्बन्धी अभिमुखीकरण

Read Next

चितवनमा महिला हिसांका घटना बढ्दाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram