Breaking News :

मौरीपालन सम्बन्धी अभिमुखीकरण

माडी। मौरी पालन बिकास कार्यक्रमको आयोजनामा मौरीपालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम विहिबार माडी ६ मिराकल ग्राडेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा मौरी पालन विकास कार्यक्रम भण्डाराका कार्यालय प्रमुख डा.सिप प्रसाद रिजालले मौरीपालनको महत्व दर्शाउँदै मौरी पालक किसानहरुले ध्यान दिनुपर्ने कुराहरू बताउनुभएको थियो ।

सोही कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका
बाली संरक्षण अधिकृत बाबुराम पन्त,कृष्णप्रसाद लम्साल
बिष्णु बिसिले मौरीमा लाग्ने रोगहरु र रोकथामका उपायहरु बताउनुभयो थियो ।

कार्यक्रममा कल्याणपुर सामुदायिक वनका अध्यक्ष एवम् माडी भ्यु सामुदायिक होमस्टेका सल्लाहकार जितबहादुर चापागाईं, मिराकल गार्डेनका सञ्चालक दामोदर देवकोटा लगायत मौरी पालन व्यवसायमा ईच्छुक १५ जना किसानहरुको सहभागिता रहेको थियो ।

merokhabarsathi

Read Previous

भ्याली स्टेट कलेजमा रक्तदान

Read Next

अदालतले भाैतिक सरंचना बनाउन राकेकाे स्थानमा नै घर बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram