
चितवन। नेपाल कम्युनिस्ट पार्टी चितवन विप्लव समुहले भरतपुर महानगर अन्तर्गत सहिद सप्ताहको अवसर मा सहिद परिवारलाई अभिनन्दन तथा नगर स्तरिय राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रमका प्रमुख अतिथी ने क पा चितवन जिल्ला इन्चार्ज आरम्भले राष्ट्रिय जागरण मन्च नेपाल को केन्द्रिय सयाेंजक तथा जनयुद्ध का महान सहिद उर्मिला भट्टराई को श्रीमान गुणराज लोहनी, पुर्व सभासद एवम् जनयुद्ध को सहिद ज्ञान प्रसाद चालिसेको जीवन सङ्गिनी सरला रेग्मी लगाएत दर्जनौ सहिद परिवार लाई अभिनन्दन गरेका हुन्।
अभिनन्दन पश्चात् सहिद परिवार लाई सम्बोधन गर्दै प्रमुख अतिथी आरम्भ ले माहान सहिद हरुको सपना पूरा गर्न ने क पा चितवन निरन्तर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भयो। ने क पा भरतपुर महानगरका कमान्डर फरारको सभापतित्वमा भएकाे कार्यक्रममा सागरले स्वागत मन्तव्य राखेका थिए।भने भिम ले कार्यक्रम सन्चालन गरेका थिए।