Breaking News :

प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतले आगामी निर्वाचनमा सूर्य चिन्हबिना प्रचण्ड-नेपाल समुहमा कुनै भोट नआउने भएकोले प्रचण्ड-नेपाल समुह सुर्य चिन्हको पछी लागेको बताएका छन। चितवनमा आज ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ‘प्रचण्ड–माधव पार्टी फुटाएर गएपनी पार्टी फुटेको घोषणा गर्न नसक्नुपनी सूर्य चिन्हको लोभ रहेको बताएका छन। उनले ‘बोगटेलाई खसीको माया जस्तै प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया रहेको बताएका छन। आगामी निर्वाचनमा सूर्य चिन्नबिना चुनाव जितिन्न भन्ने डरले उनिहरुले यस्तो माया देखाएको बताए। काट्ने बेलाको खसी बोका र राँगालाई गरेको माया जस्तै सोचेर सुर्य चिन्हलाई देखावटी माया नगर्न उनले प्रचण्ड-नेपाल समुहलाई चेतावनी समेत दिएका छन।

राष्ट्रिय यूवा संघका संयोजक समेत रहेका बस्नतले कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल चितवन कमिटीका ५०१ जनालाई सपथ ग्रहण गराएका थिए । सुशील केसीको संयोजकत्वमा चितवनमा ओली पक्षीय युवा संघ गठन गरिएको छ ।

 

merokhabarsathi

Read Previous

एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन

Read Next

सहिद सप्ताहको अवसर मा सहिद परिवारलाई अभिनन्दन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram