Breaking News :

एकै कार्यक्रममा पुगेका काँग्रेस नेता देउवा र पौडेल विच भनाभन

चितवन, फागुन १९ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए पछि नहट्ने बताउनुभएको छ । पूर्व सांसद एवम नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले काँग्रेस पदको लोभ नगर्ने पार्टी भएको भन्दै पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आए पछि नहट्ने प्रष्ट पार्नुभयो ।

एउटै शोक सभामा काँग्रेस भित्रको पछिल्लो विवाद पनि छताछुल्ल देखिएको छ । सभापति भन्दा अघि बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई विकृति बाट बचाउनु छ, लोकतन्त्र बचाउन पर्ने र आफ्नो भुमिका विर्सन नहुनि बताए। र उनले सभापतिलाई संघय दिदै आफ्नोहैसियत भन्दा बढि आकाक्षा नराख्न समेत आग्रह गरेका छन्।

कार्यक्रममा सभापति सहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला लगायतका नेताहरुले पूर्व सांसद एकनाथ रानाभाटको योगदानलाई स्मरण गर्दै पार्टीको संगठन थप मजवुद बनाउँदै जनताको चाहानालाई पुरा गर्न सके उहाँप्रति सच्चा सम्मान हुने बताएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

merokhabarsathi

Read Previous

नेपाल अग्नि नियन्त्रण व्यवसायी सघंको तदर्थ समिति गठन

Read Next

प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram