सरकारले बाल्मिकी आश्रमवासिको दु:ख नदेखेको स्थानियको भनाइ

रविना पौडेल, चितवन।
चितवन भन्ने बित्तिकै समृद्ध जिल्ला काे कल्पना गरिन्छ। तर कल्पना गरे अनुरुप सबै कहाँ हुन्छ र! चितवनकाे कतिपय ठाउँमा अझ पनि बिजुलि पानी र बाटाे जस्ता आधारभूत कुराहरु नै नपुगेको ठाउँ पनि छन्। चितवनको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक स्थल वाल्मीकि आश्रम क्षेत्रमा बिजुली, स्वास्थ, शिक्षा र बाटाे पनि पुग्न सकेकाे छैन।

नेपालभारतकाे सीमा समेत पर्ने यस क्षेत्रमा बसाेवास गर्ने स्थानीयहरुले सिमानाकाे समेत रक्षा गरेकाे तर सरकारले भने आफुहरुले गरेको दु:ख नदेखेको स्थानियहरुले बताए। माडी नगरपालिका-१ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको कोर इलाकामा पर्ने यस क्षेत्रमा पुग्न अझै पनि भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । यहाँ स्वास्थ्य, शिक्षा, बिजुलि र खानेपानी आधारभुत आवश्यकता अहिलेसम्म पुुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्यछन् । यहाँका स्थानीयहरूले न्युनतम आवश्यकताहरू स्वास्थ्य, शिक्षा, खानेपानी लगाएतको माग गरेका छन्।

बाटाे नहुँदा कति मानिसहरुले उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेको स्थानीय रामशरण गिरी बताउछन् । निकुञ्जको बिच भागमा रहेको यस बस्तीमा बिजुली नपुग्दा रातकाे समयमा घर बाहिर शाैचालयजान समेत जङली जनावरको डर रहेकाे छ। र खाने पानीको पनि अभाव रहेको गिरीको भनाइ छ। उनीहरुले बसाेवास गरिरहेकाे क्षेत्रमा तीन तिरै ठुलाठुला नदिकिनारले घेरेकाेले वर्खाकाे समयमा जाेखिम पनि हुने गरेकाे बताएका छन्। भने भारतीय भूमिकाे प्रयोग गरेर हिन्दा पटकपटक भारतीय प्रहरीले आफूहरुलाइ यातना दिने गरेको उनीहरुको भनाइ छ।

माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले भने आफुहरुले वाल्मीकिका स्थानियहरुको लागि बजेट छुट्टाएको बताएका छन। गत बर्षपनी संघीय सरकार प्रदेश सरकार र स्थानिय सरकारहरु मिलेर बिजुली, पानी र सौचालयको लागि ७३ लाख रुपैया बजेट छुट्टाएको र कोभिडका कारण विनियोजित रकम फ्रिज भएको बताएका छन्। भने यस वर्षपनि त्यस ठाउँका लागि ३ तहकै सरकारले बजेट छुट्टाएको बताएका छन। तर भारतीय भुमी प्रयोग गरेर जान पर्ने बाध्यताले गर्दा यस बर्षपनी काम गर्न गार्हो रहेको उनको भनाइ छ।

विकासका पूर्वधार नपुग्दा वाल्मीकिका स्थानीयहरु अझै पनि अन्धकार काे जिन्दगी जिउन बाध्यछन्। उनिहरु स्वास्थ्य, शिक्षा बाट बन्चित त छदैछन्, प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपाललाई पनि यसले गिज्जाइ रहेको छ। त्यसैले त्यस ठाउँकाे समस्या तत्काल समस्या सामाधान गर्न जरुरी देखिन्छ।

 

merokhabarsathi

Read Previous

उद्घाटन नहुँदै पाहुनाहरुको आकर्षण

Read Next

राष्ट्रपति भण्डारीले गरे संसद अधिवेशन आह्वन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram