Breaking News :

उद्घाटन नहुँदै पाहुनाहरुको आकर्षण

नारायण सापकोटा, माडी-
पर्यटन पर्वद्धन गर्ने उद्देश्यले स्थापना भएका माडी नगरपालिका वडा नं ६ लक्ष्मीनिवासका होम स्टेहरुमा औपचारिक उद्घाटन नहुँदै पाहुनाहरुको आकर्षण बढेको छ ।

माडी भ्यु सामुदायिक होमस्टेबाट स्थापना भएका लक्ष्मीनिवास होमस्टेका सञ्चालकहरु यतिबेला पाहुनाको व्यवस्थापन गर्नमै व्यस्त छन् । २२ जना पाहुनाहरुलाई सजिलै राख्न सकिने गरी स्थापना भएका ५ वटा होमस्टेहरुमा प्रायजसो शुक्रवार , शनिवार एवम् सार्वजनिक विदाको दिनमा पाहुनाहरुको ओइरो नै लाग्ने गरेको होम स्टे सञ्चालक समितिका प्रमुख सल्लाहकार जितबहादुर चापागाईले जानकारी दिनुभयो ।

होम स्टेमा आउने पाहुनाहरुलाई पुष्प–मदन वाटिको भ्यु टावरबाट समग्र माडीको अवलोकन गराइने र लोक दोहोरी लगायत विभिन्न सांकृतिक कार्यक्रमहरु देखाएर मनोरञ्जन गराइने हुँदा पर्यटकहरुको आकर्षण बढेको होम स्टे सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले जानकारी दिनुभयो ।

आउँदो नयाँ वर्षसम्ममा होम स्टेहरु थपेर ११ वटा पुर्याउने योजनाअनुसार काम अगाडि बढिरहेको जनाउँदै नयाँ वर्षको अवसर पारेर औपचारिक उद्घाटन गर्न लागिएको अध्यक्ष अधिकारीले बताउँनुभयो । माग अनुसारको क्षमता नभएका कारण कहिलेकाँही पाहुनाहरुलाई अन्यत्र पठाउनुपर्ने अवस्था आएकोले नयाँ वर्षसम्ममा ५० जनालाई राख्न सकिने गरी काम अगाडि बढाइएको प्रमुख सल्लाहकार जितबहादुर चापागाईले बताउनुभयो ।

पाहुनाहरुको रुचिअनुसारका स्थानीय उत्पादनका खाना, सुविधायुक्त आवास, पाहुनाहरुको ईच्छाअनुसार सांकृतिक कार्यक्रमको व्यवस्था, माडीका दर्शनीय स्थलहरुको अवलोकन गर्ने वातावरणसमेत रहेकाले पनि पाहुनाहरुको आकर्षण बढेको हो ।

होम स्टेमा अर्डर अनुसारका खाना , शान्त वातावरण, मनोरञ्जनको व्यवस्था भएकोले आफूहरु सन्तुष्ट रहेको काठमाड्रौंबाट परिवारसहित आएका शङ्कर जोशीले बताउनुभयो । अन्यत्रभन्दा माडीमा आउँदा आफूलाई फरक अनुभूति र खुशी लागेको जोशीको धारणा रहेको छ ।

महिलाहरुको जागरुकतामा सञ्चालित माडी भ्यु होम स्टेमा २ महिनाको अवधिमा ५ सय भन्दा बढी पाहुनाहरु आएका छन् । पाउनाहरुको आकर्षक बढेका कारण होम स्टे को क्षमता बढाउन सञ्चालकहरु लागिरहेका छन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माडीका पाण्डवनगर, वघौडा, लक्ष्मीनिवास, शिवद्वार, लगायतका होमस्टहरुमा पर्यटकहरको आकर्षण बढिरहेको छ । माडीका अन्य स्थानहरूमा पनि होम स्टे सञ्चालनको लागि तयारी भइरहेको माडी पर्यटन विकास समितिका संयोजक पुरन महतोले बताउनुभयो ।

समग्र माडी नै पर्यटकीय स्थल बनेको र माडीका पाण्डवनगर, भीमसेन ईनार, सोमेश्वरगढी , वैराठ धुनी, बुलबुल ताल, शनिमन्दिर, रेवा त्रिवेणी, अयोध्या धाम निर्माण स्थल, सीताराम गुफा, हनुमान पहरो लगायतका स्थानहरुको दृश्यावलोकन गर्न माडी अाउने पर्यटकहरुको रुचि रहेकोले व्यवस्थित तरिकाले अवलोकन गराउने तयारी भइरहेको संयोजक महतोले जानकारी दिनुभयो ।

merokhabarsathi

Read Previous

देवघाटको बिकासका लागि सबैसंग सहकार्य गर्छु ः अध्यक्ष अधिकारी

Read Next

सरकारले बाल्मिकी आश्रमवासिको दु:ख नदेखेको स्थानियको भनाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram