प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अध्यक्षमा दिल कुमारी रावल थापा पार्वती र सचिवमा प्रकाश खनाल शैलेस चयन भएका छन्। नेकपा चितवनको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिवलाई जिम्मेवारी मुक्त गरि रावल र खनाललाई सो जिम्मेवारी दिएको हो । नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेल तथा प्रदेश सह- इन्चार्ज काशीनाथ अधिकारी सहितको उपस्थितिमा भएको बैठकले साे जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह- इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिनुभयो । नेकपाका केन्द्रिय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेश कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिनु भएकाे छ।