Breaking News :

प्रेम दिवसमा पश्चिमी संस्कृती मौलाउदै

समय परिवर्तनशिल छ  । यसलाई चाहेर पनि न कसैले छेक्न सक्छन् र नराेक्न । समय परिवर्तन भएसगैं हामीले मान्ने संस्कृति र हाम्रो रहनसहन पनि फेरिदै गएकाे छ ।  पश्चीमी रहनसहन र सस्कृतिले ढपक्कै ढाकेकाे छ। त्यस्तै पश्चिमेलि सस्कृती भ्यालेनटाइन अर्थात् प्रेम दिवस मनाउने चलन पनि आजभोलि युवा पुस्ता माझ लाेकप्रीय बन्दै गएको छ। नेपालसहित विश्वभर फेब्रुअरी १४ को दिनमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइन्छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ।

विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कम्जोर हुन्छन् र युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका हुन।

तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सेन्ट भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सेन्ट भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेलरकी छोरीलाई दिएका कथन छ ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सेन्ट भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ । तर आजभोलि प्रेमदिवसको महत्त्व बुझेर भन्दा पनि बढी देखावटी रहनसहन सिकेर चाहिँ प्रेम दिवसलाई बढी नै चासो र नचाहिने महत्त्व दिएको पाइन्छ। फेब्रुअरी ७ बाट नै विभिन्न डेको नाम दिएर यसलाई बढीनै खर्चिलो गरि मनाउने चलन आएकाे छ। रेस्टुरेन्टहरूमा डान्स र विभिन्न ब्रुअरीहरूको सेल्स पार्टीको तयारी हुन्छ। ग्रिटिङ्स कार्ड, गिफ्ट सप र फुल पसलहरूमा भीडभाड बढ्छ । त्याे देेख्दा लाग्छकि ‘भ्यालेन्टाइन डे’ मनाउनुलाई अब सांस्कृतिक अतिक्रमण वा आयातीत संस्कृति भन्न छाड्नु पर्छ। तर प्रेम दिवसलाई यति महत्त्व दिरहदा युवापुस्तामा भने प्रेममा जिम्मेवारी पनि हुन्छ, यस जिम्मेवारीलाई निभाउन सके हरदिन भ्यालेनटान डे हुन्छ भन्ने  भावना र बुझाइभएको पाइन्न। प्रेम भन्ने कुरा सधैभरी हुनुपर्छ । प्रेमको नाममा देखासिकी गर्नुभन्दा पनि भित्रैबाट प्रेम गर्नु उचित हो भन्ने भाव मनैबाट नआएपछि एक हप्तामात्र प्रेम दिवस मनाउनुले सेन्ट भ्यालेन्टाइनको वलिदानको औचित्य पनि त राख्दैन। त्यसैले हर दिन प्रेमदिवस मनाउ एकहप्ता मात्रै हैन।

 

 

merokhabarsathi

Read Previous

पक्की पुल बन्ने भयपछी आल्दमारवासि खुसि

Read Next

जेपी युवा क्लब र अलायन्स क्लब अफ भण्डारा सिटिको संयुक्त आयोजनामा शैक्षिक सामाग्री वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram