प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
मकवानपुर। हेटौडा आल्दमारमा पुल बन्ने भएपछी स्थानियहरु खुसी भएका छन् । हेटाैडाको वडा नम्बर ११काे अाल्दमार र १२ पदम पाेखरी जोड्ने पक्कि पुल निर्माण हुने भएपछि स्थानीयहरु खुसि भएका हुन्।
स्थानिय इश्वर बर्तौला ले पुल निर्माणहुने भएपछि माल समान ढुवानी गर्न, स्थानिय श्रोत साधन को परिचालन गर्न पुल बनेपछि सहज हुने भन्दै पुल पक्की पुल निर्माण हुन लागेकोले आफू सहित गाउँका सबैजना खुसी भएको बताए। उनले मुख्यमन्त्री अाफैले पुल निर्माणमा चासाे देखाउनुभएकाे छ त्यसैले छिट्टै पुल निर्माण सम्पन्न हुने अाशापनि रहेकाे बताएका छन्।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुल निर्माण कार्य समयमै सक्नेलाई पुरस्कृत गर्ने बताएका छन्।
समय अवधि भित्र नै निर्माण सम्पन्न गरेमा प्रदेश सरकार ले निर्माण कार्यको ठेक्का लिएको कम्पनीलाई उचित पुरस्कारको व्यवस्था गरेको बताएका हुन्। पुरस्कृत हुने भनेपछि एलिट कन्स्ट्रक्सन प्रा.लि सुकेधारा काठमाडौ ले ठेक्का लिएको पुल निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको छ।