Breaking News :

साैरहामा घट्न थाल्याे हात्ती, व्यवसाय जाेगाउन सहकारीकाे माग

देशकै तेस्रो पर्यटकिय गन्तव्यकाे रुपमा परिचित सौराहामा पर्यटक नआएपछि हात्ती फिर्ता गर्न थालिएको छ। पर्यटक नअाएपछि हात्ती पाल्न कठिन भएको भन्दै निजिस्तरका हात्तीहरु फिर्ता गर्न थालेका हुन्।

नेपालमा कोरोना महामारी सुरू हुनुअघि साैरहामा ८० वटा हात्तीहरु थिए । अहिले ३० वटा हात्तीहरु फिर्ता भइसकेका छन् भने हाल ५० वटा मात्र हात्तीहरु रहेकाे हात्ती व्यवसायी ज्ञानेन्द्र विष्टले बताए। पर्यटककाे अागमन न्यून भएपछि भाडामा ल्याएकाे हात्तीहहरु भारत तर्फ नै फिर्ता गरेकाे र कतिपय हात्ती व्यवसायीहरुले पनि अाफ्नाे हात्ती पाल्न नसकेपछि भारततर्फनै फिर्ता गरेकाे उनले बताए।

हात्ती जाेगाउन मुस्किल भएको भन्दै युनाइटेड हात्ती सहकारी सघंले निकुञ्जभित्र हात्ती चराउन माग गरेका छन्। निकुञ्जभित्र हात्ती चराउन दिए हात्ती पाल्नमा लाग्ने खर्चमा ५० प्रतिशत भार कम हुने र हात्ती जाेगाउन सकिने सहकारी सघंका अध्यक्ष ऋषिराम तिवारीले बताए। अान्तरिक पर्यटनले मात्र हात्ती जाेगाउन मुस्किल भएकाेले बार्हय पर्यटक नेपाल भित्र्याउनपनि अब सरकारले ध्यानदिनुपर्ने हात्ती व्यवसायीहरुकाे माग रहेकाे छ।

पर्यटककाे मात्रै नभई वन्यजन्तुसँग सम्बन्धित हरेक अन्तराष्ट्रिय निकायको नेपालको हात्तीप्रति विशेष लगाव छ। साैराहा नजिकै रहेकाे सामुदायिक वनहरुमा पर्यटकलाई हात्ती सफारी गराएर व्यवसायीहरुले अाम्दानि लिदै अाएका छन्। हात्ती सफारी गराए वापत् व्यवसायीहरुले वार्षिक १ कराेड राजस्व तिर्दै अाएका छन्। देशकाे अर्थतन्त्रकाे मेरुदण्डकाे रुपमा रहेकाे पर्यटनकाे विकास र राजस्व सकंलनमा समेत प्रभाव पार्ने हात्ती सुरक्षाको लागि व्यवसायीहरुले सरकार सङ माग गरेका हुन्।

merokhabarsathi

Read Previous

भागरथीलाई न्याय दिन माग गर्दै महिला सम्सदहरुले गराए गृहमन्त्रिको ध्यानाकर्षण

Read Next

प्रहरीले नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram